Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

फिलिपिन्सको चर्चमा बम बिस्फोट हुँदा १९ को मृत्यु


  • आइतबार, माघ १३ २०७५

  • फिलिपिन्सको चर्चमा बम बिस्फोट हुँदा १९ को मृत्यु

    फिलिफिन्स- दक्षिण फिलिफिन्सको एक चर्चमा आइतबार बिहान दुई वटा बम बिस्फोट हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ। मुस्लिम मिलिसिया सक्रिय रहेको टापुको चर्चमा भएको बम बिस्फोटमा ५० जना घाइते भएको अधिकारीहरूले बताएका छन्।

    पहिलो बम जोलो चर्च नजिकै बिस्फोट भएको थियो। सरकारी अधिकारीले बिस्फोटबारे जानकारी लिदैँ गर्दा चर्च परिसरमा अर्को बम पड्केको थियो।

    फिलिपिन्स प्रहरीका प्रमुख ओस्कार अल्बायाल्देले दुबै बिस्फोटमा परी सुरक्षाकर्मी र सर्वसाधारणसहित १९ को मृत्यू भएको बताए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij