Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मुस्ताङमा सुख्खा पहिरोले कालीगण्डकी थुनियो


  • बुधबार, माघ ९ २०७५

  • मुस्ताङमा सुख्खा पहिरोले कालीगण्डकी थुनियो

    काठमाडौं -मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिकामा कालीगण्डकी नदी थुनिएको छ ।
    आज विहान १० बजे घरपझोङको वडा नं १ र २ को सीमानामा पर्ने छैरो भन्ने ठाउँमा किनारको ३ सय मिटर जमिन भासिएर नदी थुनिएको हो ।
    नदीको एकापट्टिको किनार थुनिएर २ सय मिटर फराकिलो ताल बनेको छ भने अर्को तर्फको किनारबाट पानी बगिरहेको क्षेत्रीय आपतकालीन कार्य सञ्चालन केन्द्र पोखराले जानकारी दिएको छ ।
    नदी थुनिएको ठाउँमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी पुगिसकेका छन् । उनीहरुले पहिरोसँगै झरेको रुखहरु हटाएपछि नदीले माटो बगाउन थालेको छ । ‘सुरक्षाकर्मीहरुले रुखविरुवा हटाएपछि पानी बग्न थालेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij