Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पृथ्वी राजमार्गमा भएको छुट्टाछुट्टै दुई सवारी दुर्घटनामा पाँच घाइते


  • बुधबार, माघ ९ २०७५

  • पृथ्वी राजमार्गमा भएको छुट्टाछुट्टै दुई सवारी दुर्घटनामा पाँच घाइते

    काठमाडौं- पृथ्वी राजमार्गमा भएको छुट्टाछुट्टै दुई सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन्। गएराति पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा दुई ट्रक एकापसमा ठोक्किँदा चार घाइते भएका छन्।
    घाइतेमध्ये एक चालकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।
    मुग्लिनबाट काठमाडौं जाँदै गरेको ना५ख ९७०६ नंको मालबाहक ट्रक र काठमाडौंबाट मुग्लिङतर्फ आउँदै गरेको ना६ख ९८९९ नंको ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएका हुन्।
    यसैबीच आज बुधबार बिहान ८ बजे इच्छाकामना गाउँपालिका–३ कै चुम्लिङटारमा पनि दुई ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको छ। काठमाडौँबाट कुरिनटारतर्फ आउँदै गरेको ना६ख ९१०६ नंको ट्रक र काठमाडौंतर्फ जाँदै गरेको ना५ख २७६२ नंको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएका हुन्।
    दुर्घटनामा काठमाडौंतर्फ जाँदै गरेको ट्रकको चालक घाइते भएका छन्। उनको अहिले मनकामना पोलिक्लिनिक कुरिनघाटमा उपचार भइरहेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij