Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

त्रिशूलीमा ट्रक खस्दा चालक बेपत्ता


  • सोमबार, माघ ७ २०७५

  • त्रिशूलीमा ट्रक खस्दा चालक बेपत्ता

    चितवन– चितवनबाट नुवाकोटतर्फ जाँदै गरेको भुस बोकेको ना ३ ख १८३ नम्बरको ट्रक पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ फिस्लिङबाट त्रिशूली नदीमा खसेको छ ।
    गए राति ११ः२५ बजे ट्रक आफैं अनियन्त्रित भई नदीमा खस्दा ट्रकका चालक धादिङ घर भएका २८ वर्षीय तुलबहादुर गुरुङ बेपत्ता भएका छन् भने सहचालक २० वर्षीय सुरज गुरुङले नदीबाट पौडेर ज्यान बचाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
    बेपत्ता चालकको खोजी कार्य भइरहेको चितवन प्रहरीले जनाएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij