Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अबको काम सुशासन र विकास हो-प्रधानमन्त्री


  • बिहिबार, माघ ३ २०७५

  • अबको काम सुशासन र विकास हो-प्रधानमन्त्री

    काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले एड्भान्स समाजवाद ल्याउने बताएका छन्। सरकारले खाली समाजवादभन्दा पनि विकसित समाजवादको कल्पना गरेर योजना बनाएको उनले बताए।
    राष्ट्रिय योजना आयोगमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ‘हामीले समाजवादमात्र भनिरहेका छैनौं हामीले भनेको एड्भान्स समाजवाद हो’,उनले भने,‘त्यो समाजवादमा सुखी नेपाली समृद्ध नेपालको अवस्था आउँछ।’
    प्रधानमन्त्री आलीले अबको काम सुशासन र विकास भएको बताए। विकास र समृद्धिका लागि सम्भव महत्वाकांक्षी योजना बनाउन उनले निर्देशन दिए।
    ‘हामी २०२२ मा एलडिसि र २०३० मा एसडिजि पूरा गर्नुपर्छ यो काम सबैले महत्वाकांक्षी भनेका छन् तर हामी त्योभन्दा अघि पनि गर्नसक्छौं’, उनले भने, ‘हामीभन्दा पहिल्यै पूरा गरेका र अहिलेसम्म नगरेकाले पनि कठिन भनिरहेकै छन् तर हामी गर्नसक्छौं।’
    यस्तो महत्वाकांक्षी काम गर्नका लागि सबै तहका सरकारले जोडबलका साथ काम गर्नुपर्ने उनको भनाइ छ।

    ‘हामीले परिवर्तन ल्याउनैपर्छ त्यसका लागि सबैले काम गर्नुपर्छ मैले संसदमा बोल्दा डाटा खेलायो भने, हामी त्यो डाटा खेल्ने होइन परिवर्तन गर्ने हो’, उनले भने,‘परिचय र पहिचान बदल्ने हो हामीले संसारका विद्धान बढी भएको देश बनाउने हो, श्रमिक पठाउने होइन कन्सल्ट्यान्ट पठाउने हो हामी पहिचान बदल्ने अभियानमा छौं।’
    सरकारले गरेका र भएका काम भन्दा पनि कतिपयले उडाए पनि सत्य नफेरिने बरु त्यस्तो तथ्यांक नै बदल्ने आफ्नो लक्ष्य रहेको उनले बताए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij