काठमाडौं– काठमाडौंको न्युरोडबाट अवैध एक किलो सुनका बिस्कुटसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कालिकोट स्थायी घर भएकी ३५ वर्षीया लौना सिला सञ्जेल र राजकुमारी शाही रहेको प्रहरीले जनाएको छ । अर्का एकजनाको नाम प्रहरीले गोप्य राखेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले सुनका बिस्कुट बेचिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
न्युरोडको एक पसलमा अवैध सुनका बिस्कुट बेचिरहेको सुचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
