इलाम– इलाममा गएर १६ औं अनसन बसिरहेका डा. गोविन्द केसीलाई इलाम अस्पतालमा सारिएको छ।
सहमतिविपरीत चिकित्सा शिक्षा विधेयक पारित गरेपछि सहरी विकास भवनमा अनशनरत डा. केसीको मुटुको चाल अनियमित भएपछि सोमबार बिहान ९ बजे अस्पताल सारिएको केसीका सहयोगीले जानकारी दिए।
अस्पताल सार्ने क्रममा डा. केसीले आफू विरामी नभएको भन्दै अस्पताल जानुनपर्ने भन्दै बरु माग पूरा गर्न आग्रह गरेका थिए।
तर केसीको अवस्था थप गम्भीर भएपछि उनलाई एम्बुलेन्समा राखेर इलाम अस्पताल पुर्याइएको हो।
दोस्रो दिनदेखि नै छातीको दुःखाई, खोकीलगायतका समस्या सुरु भएकोमा पाँचौं दिन आइतबारदेखि मुटुको चालसमेत अनियमित भएको थियो। डाक्टर केसीको स्वास्थ्य अवस्था हेरिरहेका डाक्टर रामकृष्ण आचार्यका अनुसार दाहिने फोक्सो पनि राम्रोसँग खुलेको छैन। छातीमा संक्रमण भइसकेको अनुमान गरिएको छ। पिसाब कम आउन थालेको छ। शरीरमा पानी र इलेक्ट्रोलाइट्सको मात्रा कम भएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
