Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौँको डिल्लीबजारमा सिटिजन्स् बैंकको प्रदेश ३ को प्रादेशिक कार्यलय


  • शुक्रबार, पुष २७ २०७५

  • काठमाडौँको डिल्लीबजारमा सिटिजन्स् बैंकको प्रदेश ३ को प्रादेशिक कार्यलय

    काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनलले प्रदेश नम्बर ३ को प्रादेशिक कार्यालय काठमाडौँको डिल्लीबजारमा स्थापना गरेको छ । उक्त कार्यलयको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष डा। शंकर प्रसाद शर्माले ताम्रपत्र अनावरण गरी गरेका हुन् ।
    प्रदेश ३ अन्तर्गत बैंकका ३४ वटा शाखाहरु काठमाडौँ उपत्यका भित्र २६ र उपत्यका बाहिर ८ वटा बाट व्यापार बिस्तारका साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू यस प्रादेशिक कार्यालयले छिटो रूपमा सम्पादन गर्ने विश्वास बैंकले लिएको छ ।
    प्रदेश ३ मा रहेका १४ जिल्ला मध्ये ९ वटा जिल्लामा बैंकको पहुँच रहेको छ ।
    हाल बैंकले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट करिव चार लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij