काठमाडौं– प्रदेश नम्बर १ की सांसद उषाकला राई कपाल मुण्डन गरेर आमाको किरियामा बसेकी छिन्।
हिन्दु परम्पराअनुसार दिवंगत आमाबुवाको किरिया छोराले गर्ने चलन छ तर सांसद राई त्यो चलन तोडेर किरिया बसेकी हुन्। उनका दाजुभाइ छैनन्।
उषाकलाकी आमा लक्ष्मी राईको उपचारका क्रममा बुधबार राजधानीको एक अस्पतालमा निधन भएको थियो।
सांसद राईका पति पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य शेरबहादुर तामाङले फेसबुकमा लेखेका छन् (उषाजी तपाईं साच्चै महान् हुनुहुन्छ। महिला र पुरुषलाई लैंगिक हिसाबले गरिएको विभेदको संवैधानिक र कानुनी हिसाबले अधिकांश अन्त्य भएपनि व्यवहारिक हिसाबले अन्त्य गर्न तपाईंहरू जस्तै नारीहरुको अग्रज कदमले योगदान पुग्नेमा हामी विश्वास गर्दछौ । मेरो सधैं तपाईप्रति सम्मान र समर्थन छ।
https://www.facebook.com/sherbahadur.tamang.94/photos/pcb.2433197883420297/2433197810086971/?type=3&theater
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
