Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

वाइडबडी खरिद प्रकरणमा बहालवाला र पूर्वमन्त्री, कंसाकार र सचिवलाई कारवाहीको सिफारिस, गृह सचिवलाई क्लिन चिट


  • सोमबार, पुष २३ २०७५

  • वाइडबडी खरिद प्रकरणमा बहालवाला र पूर्वमन्त्री, कंसाकार र सचिवलाई कारवाहीको सिफारिस, गृह सचिवलाई क्लिन चिट

    काठमाडौं–सार्वजनिक लेखा समितिले वाइडबढी खरिद प्रकरणमा अनियमितता भएको भन्दै नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार मुख्य दोषी रहेको ठहर गरेको छ ।
    सोमबार समितिले आफ्नो प्रतिवेदनसहित दोषी देखिएकाहरुलाई कारवाही गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशनसमेत दिएको छ ।
    सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै दुई पूर्वसहित वहालवाला पर्यटनमन्त्रीलाई कारबाही गर्न सिफारिस गरेको छ । गृहसचिव प्रेम राईले भने क्लिन चिट पाएका छन् ।
    लेखा समितिले सरकारलाई दिएको निर्देशनमा भनिएको छ–‘बाइडबडी खरिद सम्बन्धमा मन्त्रालय र निगमबाट प्राप्त विवरण तथा छलफलका आधारमा तत्कलीन मन्त्रीहरु जीवन शाही, जितेन्द्रनारायण देव र बहालवाला मन्त्री रवीन्द्र अधिकारीको संलग्नता सम्बन्धमा उपसमितिले निजहरुलाई नैतिक जिम्मेवारी लिन र कानुनसम्बत करवाही सिफारिस गरेको विवरण समितिमा पेश भएकोमा महालेखा परीक्षकको प्रतिवेदनको सम्परीक्षण र बेरुजु फस्र्योट गर्ने जिम्मा लेखा उत्तरदायी अधिकृतका रुपमा मन्त्रालयको सचिवको प्रमुख दायित्व हुने र सचिव नै निगमको अध्यक्ष रहेको अवस्थामा सार्वजनिक खरिद ऐन २०६३ को विपरित हुनेगरी अनियमित तरिकाले विमान खरिद कारवाही अघि बढ्दा पनि विभागीय रुपमा बहाल रहेको अवस्थामा यथेस्ट सर्तकता नपनाएको देखिदा निजहरु नैतिक जिम्मेवारी लिन र मन्त्रीहरुको कार्यक्षेत्र तथा कार्यशर्तहरुका सम्बन्धमा पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिने’ उल्लेख छ ।
    पर्यटन सचिव कृष्णप्रसाद देवकोटा र पूर्वसचिव शंकर अधिकारीलाई पनि थप छानविन गरी कानुनी कारबाही अगाडि बढाउनसरकार र अख्तियारलाई निर्देशन दिइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij