Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सेञ्चुरी बैंकका ग्राहकले ब्लुक्रस अस्पतालमा १२ प्रतिशत छुट पाउने


  • सोमबार, पुष २३ २०७५

  • सेञ्चुरी बैंकका ग्राहकले ब्लुक्रस अस्पतालमा  १२ प्रतिशत  छुट पाउने

    काठमाडौं -सेञ्चुरी कमर्सियल बैंक र ब्लुक्रस अस्पतालबीच सम्झौता भएको छ।
    उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र अस्पतालका कार्यकारी ब्यवस्थापन समितिका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
    सम्झौता अनुसार बैंकको खातावाला, क्रेडिट र डेबिट कार्डवाहक ग्राहक तथा शयेरधनीले अस्पतालको प्याथोलोजी, अल्ट्रासाउन्ड, सीटी स्क्यान, अपरेशन, रेडियोलोजी, बेड चार्ज तथा अन्य जाँचमा १२ प्रतिशत सम्म छुट पाउनेछन् ।
    हाल बैंकको उपत्यकामा १३ शाखा ६ एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९६ शाखा र २ एक्स्टेन्सन काउन्टर छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij