Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नवलपुरको मध्यविन्दुमा बस दुर्घटना हुँदा २३ यात्रु घाइते


  • सोमबार, पुष २३ २०७५

  • नवलपुरको मध्यविन्दुमा बस दुर्घटना हुँदा २३ यात्रु घाइते

    कावासोती -नवलपुरको मध्यविन्दुमा यात्रुवाहक बस पल्टिँदा २३ यात्रु घाइते भएका छन् । सुर्खेतबाट काठमाडौंतर्फ आउँदै गरेको ना५ख ४६९६ नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत मध्यविन्दु–११, बाहुनेकुनामा सोमबार बिहान करिब ३ बजे दुर्घटना भएको हो ।

    अनियन्त्रित भएर दुर्घटना भएको बस सडकबाट करिब १०० फिट तल पल्टिएको छ ।
    जिल्ला प्रहरी कार्यालय, नवलपुरका अनुसार बसमा सवार ३४ यात्रुमध्ये २३ घाइते भएका छन् । अधिकांश घाइते सुर्खेत, कालीकोट, जाजरकोट, जुम्ला र दैलेखका छन् ।
    घाइतेको अवस्था मध्यम तथा सामान्य रहेको र उनीहरुलाई उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij