सर्लाही–मलंगवा नगरपालिका(८ गोरखकालीबाट बरहथवा नगरपालिका(५ बस्ने २७ वर्षीय सत्येन्द्र शाह र मलंगवा नगरपालिका(७ मुसैली बस्ने २७ वर्षीय रबिन्द्र चौधरीलाई करिब १ लाख ५९ हजार १ सय ६४ रुपैयाँ बराबरको चाँदी जस्तो देखिने धातुको पाउजु २४ जोर, ब्रास्लेट १० थान, पहुँची १ थान, बाला १ थान र पाउजु जोडने १९ थान सहित शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित खटिएको प्रहरीले बिआर ३० एस ८१०१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक सत्येन्र्स र मोटरसाइकलमा सवार रबिन्द्रलाई उक्त गहना सहित फेला पारी पक्राउ गरेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
