Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सरकारी चिकित्सकहरु समायोजन अध्यादेशविरुद्ध आन्दोलनमा


  • आइतबार, पुष २२ २०७५

  • सरकारी चिकित्सकहरु समायोजन अध्यादेशविरुद्ध  आन्दोलनमा

    काठमाडौं – सरकारी चिकित्सकहरुले ‘कर्मचारी समायोजन अध्यादेश’ तत्काल सच्याउन दवाव दिँदै आन्दोलन सुरु गरेका उनीहरुले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेका छन् ।
    आफूहरुको सेवा, सुविधा र बढुवासम्बन्धी प्रावधान कटौती हुने गरी सो अध्यादेश आएको भन्दै आन्दोलरत सरकारी चिकित्सक संघ, नेपालमा आवद्ध देशभरका चिकित्सकहरुले तत्काल सच्याउन माग गर्दै आइइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय २ घण्टा घेराउ गरेका हुन् ।
    सरकारले राज्यको कुनै पनि नीतिगत निर्णय प्रक्रियामा चिकित्सकहरुलाई सहभागी नगराउने गरी सो अध्यादेश आएको भन्दै मान्य नहुने सरकारी चिकित्सकहरुको अडान छ ।
    सरकारी चिकित्सकहरुले समायोजन प्रक्रिया स्वेच्छिक बनाउन पनि सरकारसँग माग गरेका छन् । आफूहरुको माग सम्बोधन नभए अस्पतालको आकस्मिकबाहेकका सबै सेवा बन्द गरेर आन्दोलन गर्न बाध्य हुने पनि चिकित्सक मण्डलले बताए ।
    उनीहरुले सो अध्यादेश आफूहरुको माग बमोजिम नसच्चिए समायोजन प्रक्रियामा सामेल नहुने घोषणा पनि गरिसकेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij