Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाउन कुनै समस्या छैन – प्रधानमन्त्री ओलि


  • बिहिबार, पुष १९ २०७५

  • मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाउन कुनै समस्या छैन – प्रधानमन्त्री ओलि

    काठमाडौं – प्रधानमन्त्री केपी ओलीले मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाउन कुनै समस्या नरहेको बताएका छन् । उनले आयोजनाको काममा अन्यौलता छाएको नठान्न सबैलाई आग्रह गरेका छन  ।

    बिहीबार ललितपुरको बालकुमारीमा ‘फोहोर पानी प्रशोधन केन्द्र’को शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले २७ वर्ष चिप्ले किराको गतिमा अघि बढेको मेलम्ची खानेपानी आयोजनाको काम एक वर्षयता जापानिज कार चिल्लो सडकमा दौडिएको जसरी दौडिएको जस्ताे दौडिएकाे बताए । आयाेजनाकाे काममा अहिले अलिकति गतिरोध आए पनि समयमै पूर्णता दिन सरकार प्रतिवद्ध रहेको बताए ।

    ललितपुरमा निर्माण हुन लागेकाे आयाेजना चाइनाको साफबोन वाटर सर्भिस होल्डिङले कम्पनीले जिम्मेवारी लिएको छ । ६० करोड ७५ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको प्रशोधन केन्द्र ३० महिनाभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ । प्रधानमन्त्री ओलीले प्रशोधन केन्द्रको निर्माण कार्य समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij