Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कर्णाली सरकारले कालीकोट आगलागी प्रभावितलाई प्रति घरधुरी २० हजार राहत दिने


  • सोमबार, पुष ९ २०७५

  • कर्णाली सरकारले कालीकोट आगलागी प्रभावितलाई प्रति घरधुरी २० हजार राहत दिने

    काठमाडौं– कालीकोटको पलाता गाउँपालिका वडा नं. १ खाडान्यौपानेवाडामा भएको भीषण आगलागीबाट प्रभावित परिवारलाई कणाली प्रदेश सरकारले प्रति घरधुरी २० हजार नगद, आवश्यक लत्ताकपडा र खाद्यान्न उपलब्ध गराउने निर्णय भएको गरेको छ ।
    मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको निर्देशनमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयवाट तत्कालिन राहत स्वरुप प्रति घरधुरी २० हजार नगद, आवश्यक लत्ताकपडा र खाद्यान्न उपलब्ध गराउने निर्णय भएको भएको हो ।
    स्थानीयका अनुसार आगलागीबाट अहिलेसम्म ११० घर जलेर नष्ट भएको छ ।
    यसैबीच प्रदेश सरकारले आगलागि पिडितहरुलाई थप राहात र पुनस्र्थापनाको सहयोगका लागि केन्द्र सरकार, गृहमन्त्रालय, रेडक्रस तथा अन्य सहयोगी संस्थाहरुलाई आग्रह गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij