काठमाडौं -भारतको जयनगरबाट नेपालको जनकपुर आउने रेल किन्न सरकारले पचास करोड रूपैयाँ बजेट छुट्टाएको छ।
बिहिबार नियमित पत्रकार सम्मेलनमा
सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले पहिलो चरणमा सरकारले ५० करोड रूपैयाँ बजेट रेल खरिदका लागि छुट्टाएको जानकारी दिए। रेल किन्न एक अर्ब रूपैयाँ लाग्ने अनुमान छ।
बाँस्कोटाले छ महिनाभित्र भारतको जयनगरबाट जनकपुर आउने रेल सञ्चालन हुने बताए।
हाल रेलको लिक ओछ्याउने काम सम्पन्न भैसकेको छ। सरकारले दुई सेट रेल किन्ने तयारी गरे पनि पहिलो चरणमा ५० करोड रूपैयाँ खर्चिएर एक सेट रेल किन्न लागेको हो।
जयनगरदेखि नेपालको जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल सञ्चालन हुन लागेको हो। सञ्चालन हुन लागेको रेल ब्रोडगेज हो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
