Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सिएमसीको धरौटी जफत गर्ने पक्रिया थालेका छौं – खानेपानी मन्त्री


  • बिहिबार, पुष ५ २०७५

  • सिएमसीको धरौटी जफत गर्ने पक्रिया थालेका छौं – खानेपानी मन्त्री

    काठमाडौं–मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार इटालियन कम्पनी सिएमसी काम छोडेर भाग्न खोजेपछि अब के गर्ने भन्नेबारे छलफल भइरहेको खानेपानी मन्त्री बिना मगरले जानकारी गराएकी छन् ।
    आज संसदको अर्थ समितिमा बोल्दै मन्त्री मगरले आजै पनि कम्पनीसँग दोस्रो चरणमा छलफल भएको जानकारी दिइन् ।
    काम नसकी इटाली भाग्न खोज्ने कम्पनीसँग संयमित भएर छलफल गरिरहेको उनले बताइन ।
    साथै कम्पनीले नेपालका दुई बैकमा राखेको झन्डै ३ अर्ब रुपैयाँ धरौटी जफत गर्नका लागि पत्र पठाइएको पनि उनले जानकारी दिइन् ।
    सिएमसीको इटालीमा रहेको मुख्यालय टाट पल्टिएपछि उनीहरु भागेर जान लागेकाले कम्पनीको मेनेजरसहितका अधिकारीलाई रोकिएको मन्त्री मगरले जानकारी गराइन् ।
    यस्तै खानेपानी सचिव गजेन्द्र कुमार ठाकुरले जुलाई २०१३ मा सिएमसीसँग ७ अर्ब ७२ करोड मा ३ वर्षमा काम सक्ने गरि सम्झौता भएको जानकारी दिँदै हालसम्म ८ अरब ३६ करोड १२ लाख भुक्तानी दिएको बताए ।
    ठाकुरले ठेकेदारको ३ अर्ब ५० करोड रकम सरकारको हातमा रहेको भन्दै कम्पनीले छोडे पनि सरकारलाई घाटा नलाग्ने बताए ।
    हामीसँग बजेट अभाव नहुनाले सिएमसीले हात झिकेको अवस्थामा मन्त्रालयले फास्टट्रयाक विधिमार्फत अन्य कुनै कम्पनीलाई काम दिएर भए पनि मेलम्ची खानेपानी आयोजनाको काम समयमै सम्पन्न गर्ने ठाकुरले बताए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij