Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सार्वजनिक सवारीमा सवारीमा चोरी र पाकेट मार्ने ७७ पक्राउ


  • बुधबार, पुष ४ २०७५

  • सार्वजनिक सवारीमा सवारीमा चोरी र पाकेट मार्ने ७७ पक्राउ

    काठमाडौं– महानगरीय प्रहरी परिसरले सार्वजनिक सवारीमा चढेर चोरी र यात्रुको पाकेट मार्ने गरेको आरोपमा ७७ जनालाई पक्राउ गरेको छ ।
    प्रहरीले २० दिन सम्म गरेको अपरेशनमा ७७ जना पक्राउ परेको परिसरले जनाएको छ । समुह बनाएर सार्वजनिक सवारीमा चढेर लुटपाट गर्नेलाई पहिचान गरेर प्रहरीले पक्राउ गरेको हो । सादा पोषाकमा क्यामेरासहित खटिने प्रहरीले चोरी गर्ने र पाकेट मार्नेको पहिचान गरेका थिए ।
    पक्राउ परेका सबैलाई सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij