Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

हिमालयन बैंकका कार्डबाहकलाई चिरायू अस्पतालमा छुट


  • सोमबार, पुष २ २०७५

  • हिमालयन बैंकका कार्डबाहकलाई चिरायू अस्पतालमा छुट

    काठमाडौं -हिमालयन बैंकका सेवाग्राहीले चिरायू अस्पतालमा विशेष छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा छुट दिने सम्बन्धी सम्झौता भएको हो ।
    सम्झौताअनुसार चिरायू अस्पतालले हिमालयन बैंकद्धारा जारी भएका विभिन्न ब्रान्डका डेबिट, क्रेडिट तथा प्रिपेड कार्डधारी ग्राहकलाई अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने छ ।
    सम्झौतापत्रमा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर राणा र चिरायू अस्पतालका तर्फबाट सञ्चालक चण्डेश्वरानन्द राज वैद्यले हस्ताक्षर गरेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij