काठमाडौं– गत वर्षको मंसिर २ गते भएको ललितपुर गोदामचौरको सामूहिक बलात्कार घटनाका फरार तीनमध्ये दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा ललितपुर गोदावरी नगरपालिका–१ गोदामचौरका २१ वर्षीय विशालध्वज कार्की र पवन कुँवर रहेको छन् । उनीहरुलाई महानगरीय अपराध महाशाखाले बुधबार गोदावरीबाटै पक्राउ गरेको हो।
महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहले उनीहरू दुबैलाई गोदावरीस्थित एक होटलमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको बताए। सामूहिक बलात्कार घटनाका अर्का अभियुक्त रघु सिलवालको खोजी भइरहेको सिंहले बताए।
ललितपुर गोदावरी–१ गोदामचौरकी २२ वर्षीया विवाहित युवतीलाई सामूहिक बलात्कार गरेको अभियोगमा उनीहरू फरार थिए।
तर युवतीलाई सामूहिक बलात्कार गरेको अभियोगमा तीनै जना पक्राउ परेका थिए। जिल्ला अदालत ललितपुरले पुस २६ गते पर्याप्त प्रमाण नभेटिएको भन्दै उनीहरूलाई साधारण तारेखमा छोडेको थियो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
