Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जनकपुर आउन पाउँदा आफुलाई धन्य ठानेको छु – मुख्यमन्त्री आदित्यनाथ


  • बुधबार, मंसिर २६ २०७५

  • जनकपुर आउन पाउँदा आफुलाई धन्य ठानेको छु  – मुख्यमन्त्री आदित्यनाथ

    जनकपुर– भारतीय राज्य उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आउन पाएकोमा आफूलाई धन्य ठानेको बताएका छन्।
    बुधबार विवाह पञ्चमीमा जन्ति बनेर जनकपुर आएका आदित्यनाथले जानकी मन्दिरको आगन्तुक पुस्तिकामा लेखेका छन् – ‘विवाह पञ्चमीको पावन अवसरमा जनकपुरधाममा पूजा–अर्चना गर्ने र विदेहराज महाराज जनकको भूमिको यात्रा गर्ने अवसर मिलेकोमा स्वंयमलाई धन्य ठान्छु।’

     


    साथै मुख्यमन्त्री आदित्यनाथले भगवान राम र सीताको जीवन दुबै देशको धर्म संस्कृति र सभ्यताको अभिन्न अंग भएको बताएका छन्।
    रामजानकी विवाहोत्सवमा सहभागी हुन भारतको अयोध्याबाट आउने जन्तीको नेतृत्व गर्दै आदित्यनाथ जनकपुरधाम आइपुगेका हुन्।
    विवाहोत्सव कार्यक्रममा सहभागी भएपछि आदित्यनाथ आजै साँझ करिब पौने ६ बजे उत्तर प्रदेशको राजधानी लखनऊ फर्कने कार्यक्रम छ।
    मुख्यमन्त्री योगीलाई विमानस्थलमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा सभामुख, उपसभामुख तथा मन्त्रिपरिषदको सदस्यहरूले स्वागत गरेका थिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij