Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आज अन्तरप्रदेश परिषद बैठक बस्दै


  • आइतबार, मंसिर २३ २०७५

  • आज अन्तरप्रदेश परिषद बैठक बस्दै

    काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज अन्तरप्रदेश परिषद बैठक बस्दै छ ।
    बैठक बिहान ११ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने छ ।
    बैठकमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरुका साथै गृह, अर्थलगायतका वरिष्ठ मन्त्रीहरु पनि सहभागी हुनेछन् । मुख्यमन्त्रीहरुले आ- आफ्ना प्रदेशमा भएका कामबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराउने छन् । मुख्यमन्त्रीहरुको रिपोर्टिङपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने छन् ।
    प्रदेश सरकारहरुले केन्द्र सरकारले कर्मचारी, कानुन लगायतको प्रवन्धन नगरिदिँदा कामकारवाहीमा समस्या आएको गुनासो गर्दै आएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij