Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अर्घाखाँचीमा पाँच वर्षिया बालिका बलात्कार गरेको अभियोगमा एक पक्राउ


  • आइतबार, मंसिर २३ २०७५

  • अर्घाखाँचीमा पाँच वर्षिया बालिका बलात्कार गरेको अभियोगमा एक पक्राउ

    बुटवल -अर्घाखाँचीको शितगंगा नगरपालिकाकी एक पाँच वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कारको अभियोगमा प्रहरीले १ जनालाई नियन्त्रणमा लिएको छ ।
    शितगंगानगरपालिका–१३ स्थित एक विद्यालयको शिशु कक्षामा अध्ययनरत बालिकामाथि स्कुलबाट घर फर्कने क्रममा बलात्कार भएको प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए ।
    जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार बलात्कृत बालिकाको स्वास्थ्य अवस्था खतरामुक्त छ ।बालिका बलात्कार अभियोगमा प्रहरीले नगरपालिकाको वडा नं १३ सिमलपानीका ४० वर्षीय राजु भनिने देवबहादुर सुनाखरीलाई पक्रेको छ । सुनाखरीले अपराध स्वीकारेको र कानूनअनुसार कारबाही प्रक्रिया अघि बढेको डीएसपी मल्लले जानकारी दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij