Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चौतारी लघवित्तको आईपिओमा दुई दिनमा नै १६.२४ गुणा बढी आवेदन


  • शुक्रबार, मंसिर २१ २०७५

  • चौतारी लघवित्तको आईपिओमा दुई दिनमा नै १६.२४ गुणा बढी आवेदन

    काठमाडौं– बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त वित्तीय संस्थाको आईपिओमा लगानीकर्ताको अत्याधिक आकर्षण देखिएको छ।
    लघुवित्तले मंसिर १९ गतेदेखि सर्वसाधारणमा निष्काशन गरेको ५ लाख ६० हजार ७०० कित्ता शेयरमा १६.२४ गुणा बढी आवेदन परेको हो ।
    लघुवित्तको शेयर निष्काशक तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार दोस्रो दिन मंसिर २० गतेसम्म एक लाख ४७ हजार आवेदनबाट ९१ करोड ४ लाख ३६ हजार रुपैयाँ बराबरको ९१ लाख ४ हजार ३६० कित्ता शेयर माग भएको छ । आईपिओमा न्यूनतम ५० देखि अधिकतम ३ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।

    लघुवित्तले कूल ६ लाख कित्ता आईपिओ निष्काशन गरेको हो । जसमध्ये ९ हजार ३०० कित्ता संस्थाका कर्मचारी र ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर बाँकी रहेको ५ लाख ६० हजार ७०० कित्तामा लागि मात्र सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउनेछन् ।
    लघुवित्तले निष्काशन गरेको शेयरमा मंसिर २३ गते आइतबारसम्म आवेदन गर्न पाइनेछ । लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सि आश्वा सदस्य रहेका बैंक तथा वित्तिय संस्थाबाट ७७ जिल्लाबाट तथा मेरो शेयर सफ्टवेयरको प्रयोग गरेर पनि आवेदन गर्न सकिने व्यवस्था छ ।
    चौतारी लघुवित्तले लुम्बिनी अञ्चलका ६ र राप्ती अञ्चलका ४ वटा जिल्लालाई कार्यक्षेत्र बनाएर लघुवित्तीय सेवा प्रवाह गर्दै आइरहेको छ ।

    हाल चौतारीको जारी पुँजी १८ करोड ६० लाख रुपैयाँ र १२ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । संस्थापक शेयरधनीबाट १२ करोड ६० लाख रुपैयाँ चुक्ता भइसकेको छ भने आईपिओ बिक्री पश्चात लघुवित्तको चुक्ता पूँजी १८ करोड रुपैयाँ हुनेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij