Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गण्डकी बिकास बैंक र सूर्य लाइफ इन्स्योरेन्सबीच सम्झौता


  • बुधबार, मंसिर १९ २०७५

  • गण्डकी बिकास बैंक र सूर्य लाइफ इन्स्योरेन्सबीच  सम्झौता

    काठमाडौं–गण्डकी बिकास बैंक र सूर्य लाईफ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
    उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पान्डेले हस्ताक्षर गरेका छन् ।
    बैंकका नायब प्रमुख कार्यकारी अधिकृत छविन्द्रनाथ शर्मा तथा इन्स्योरेन्सको तर्फबाट नायब मेनेजर सुमना न्यौपाने खनालको समेत उपस्थिती रहेकेो थियो ।

    सम्झौता अनुसार गण्डकी बिकास बैंकका सम्पूर्ण ग्राहकहरुले मुलुकभर फैलिएको ७७ वटै शाखाहरुबाट बीमालेखहरु लिन, बीमाशुल्क भुक्तानी गर्न तथा बीमा दाबी भुक्तानी सुविधाहरु उत्कृष्ट सेवासहित सरल एवं सुलभ तरिकाले गण्डकी बिकास बैंकका सम्पूर्ण शाखाहरु मार्फत प्राप्त गर्न सक्नेछन् ।
    बैंकले वित्तिय पहुँचलाई उच्च प्राथमिकता दिँदै हिमाल, पहाड र तराईका जनताहरुलाई सहज र सरल रुपमा आफ्ना ७७ वटा शाखाहरुबाट पूर्ण बैकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij