Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौंको सहकारीबाट दिउँसै ४ लाख चोरी


  • मंगलबार, मंसिर १८ २०७५

  • काठमाडौंको सहकारीबाट दिउँसै ४ लाख चोरी

    काठमाडौं– काठमाडौं– ३०, मैतिदेवीमा रहेको एक सहकारीबाट दिउँसै ४ लाख रुपैयाँ चोरी भएको छ । नव लुम्बिनी बचत तथा ऋण सहकारी संस्थाबाट सोमबार दिउँसो ४ लाख रुपैयाँ चोरी भएको हो ।
    महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीका अनुसार सेफको ताला फुटाएर चोरी भएको खुलेको छ ।
    स्रोतका अनुसार सहकारीको सीसी टीभीमा पनि ताला फुटाएको दृश्य कैद भएको छैन । सीसी टीभीमा पनि केही नदेखिएकाले सहकारीको वस्तुस्थितिबारे राम्रोसँग जानकार व्यक्तिले नै चोरी गरेको हुनसक्ने प्रहरीको आशंका छ ।
    घटनाको विषयमा विस्तृत अनुसन्धान भइरहेको बोगटीको भनाइ छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij