ललितपुर– ललितपुर महानगरपालिका-१३ कुसुन्तिस्थित चक्रपथ चल्ने बा।४ ख ७८८८ नम्बरको महानगर यातायातको बसमा सवार यात्रीको मोबाईल चोरी गर्ने काठमाडौं स्वयम्भू बस्ने दोलखा घर भएका २५ वर्षीय सुदिप खड्कालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त बसमा सेफ्टि पिनमा खटिएको प्रहरीले उनलाई चोरी गरेको ३ थान मोबाईल सहित पक्राउ गरेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
