Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

धादिङमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते


  • आइतबार, मंसिर १६ २०७५

  • धादिङमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

    धादिङ– पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ दशकिलामा आइतबार बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। धादिङ जिल्लाबाट काठमाडौँतर्फ जाँदै गरेको बा ३ ख ८३९५ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको बा ३६ प ८३५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।
    दुर्घटनामा मोरसाइकल चालक धादिङ गजुरी गाउँपालिकाका ५५ वर्षीय नारायणकाजी भण्डारीको मृत्यु भएको छ भने मोटरसाइकलको पछाडि सवार सोही ठाउँमा बस्ने ४२ वर्षीय धनकुमारी घाइते भएकी छन्। घाइतेको धाक्रेस्थित गणेशमान अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij