Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नबिल भिसाकार्डको नगद फिर्ता योजना


  • आइतबार, मंसिर १६ २०७५

  • नबिल भिसाकार्डको नगद फिर्ता योजना

    काठमाडौं-नबिल बैंकले आफ्ना भिसाकार्डबाहक ग्राहकका लागि क्यासब्याक अफर ल्याएको छ । बैंकले ‘नबिल भिसाकार्ड क्यासब्याक’ नामक भिसाकार्ड प्रवद्र्धनात्मक नगद फिर्ता योजना ल्याएको हो ।योजनाअनुसार नबिल भिसाकार्डबाहक ग्राहकले १० प्रतिशत नगदै फिर्ता पाउने जनाइएको छ । उक्त योजना नेपालका कुनै पनि प्वाइन्ट अफ सेलमा नबिल बैंकको डेबिट, क्रेडिट वा प्रिपेड भिसा कार्ड प्रयोग गरेर कारोबार गर्दा १० प्रतिशत वा अधिकतम ५ सय रुपैयाँ फिर्ता पाउने बैंकले जनाएको छ । योजना शुक्रबारदेखि पुस १६ गतेसम्म लागू हुने जनाइएको छ ।

    यस योजनाले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको नीतिबमोजिम विद्युतीय कारोबारका लागि प्रेरित गरी कार्डमार्फत भुक्तानी गर्ने अभ्यासलाई प्रोत्साहन गर्ने तथा नगदरहित कारोबारलाई बढावा दिने उद्देश्य लिएको बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij