Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

वनभोज खाएर फर्किएर बस दुर्घटना हुँदा दुईको मृत्यु, ५० जना घाइते


  • आइतबार, मंसिर १६ २०७५

  • वनभोज खाएर फर्किएर बस दुर्घटना हुँदा दुईको मृत्यु,  ५० जना घाइते

    सुर्खेत–बीरेन्द्रनगर नगरपालिका–१४ स्थित भे१ख ८४९ नम्बरको बस दुर्घटना हुँदा आज बेलुका दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    मृत्यु हुनेमा लेकबसी नगरपालिका–८ गगनेपानी सुर्खेतकी ४० वर्षीया जानकी दर्लामी र सोही वडाकी २२ वर्षीया देउमाया वन्काटी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार उक्त घटनामा ५० जना घाइते भएकोमा १२ जनाको अवस्था गम्भीर रहेको छ । घाइते २५ जनालाई प्रदेश अस्पताल सुर्खेत र बाँकी माया नर्सिङ होम तथा देउती अस्पतालमा उपचार भइरहेको छ ।
    जनजागृति युवा क्लबको टोली बोकेको बस वनभोज खाएर फर्कँदै गर्दा कटकुवा र कपासेको बीचमा दुर्घटना भएको थियो । सडकभन्दा १०० मिटर तल खसेको बसमा ५६ जना सवार रहेको बताइएको छ । प्रहरीका अनुसार दुर्घटना कसरी भएको भन्ने एकिन हुन सकेको छैन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij