Rastrapukar

बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु


  • सोमबार, कार्तिक १० २०८३

  • स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु

    गुल्मी कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।
    बुधबार दिउँसो करिब ४ बजे स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको BAA ०२२० नम्बरको स्कारपियो कालीगण्डकी करिडोर सडकखण्डअन्तर्गत दबौखानीमा सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटनामा परेको हो।
    दुर्घटनामा गुल्मी कालीगण्डकी गाउँपालिका–१ सिरकोटका छविलाल पाण्डे, गोमता पाण्डे तथा स्याङ्जा वालिङ नगरपालिका–१० का बालकृष्ण सुवेदी घाइते भएका छन्।
    छविलाल पाण्डेको कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा रेफर गरिएको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ। गोमता पाण्डेको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ भने बालकृष्ण सुवेदीलाई कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीबाट थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा रेफर गरिएको छ। दुवैको अवस्था मध्यम रहेको जनाइएको छ।
    दुर्घटनामा निता बगालेको कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीमा उपचारका क्रममा मृत्यु भएको छ। यस्तै, स्कारपियो चालक स्याङ्जा वालिङ नगरपालिका–२ का ६७ वर्षीय दिलिप कुमार बगाले, वालिङ नगरपालिका–१० का ६० वर्षीय शिव पराजुली, गुल्मी कालीगण्डकी गाउँपालिका–१ सिरकोट घर भई हाल वालिङ बस्दै आएका लोकनाथ पाण्डे, सोही ठाउँकी सिता पाण्डे तथा कालीगण्डकी गाउँपालिका–१ सिरकोट घर भई हाल बुटवल खैरेनी बस्दै आएका कुलानन्द पाण्डेको पनि मृत्यु भएको छ।
    दुर्घटनापछि उद्धार टोलीले घटनास्थलबाट घाइते तथा मृतकहरूलाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पुर्‍याएको छ ।
    दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको छ । घटनाबारे अनुसन्धान तथा उद्धार भई रहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij