नेपाल प्रिमियर लिग (NPL) को तेस्रो संस्करण आज, २६ अक्टोबर २०२६ देखि २१ नोभेम्बरसम्म काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ। प्रतियोगितामा अघिल्ला दुई संस्करणकै आठ फ्रेन्चाइजी सहभागी छन्। गत वर्षको विजेता लुम्बिनी लायन्स यसपटक उपाधि रक्षा गर्ने लक्ष्यमा छ।
बिराटनगर किङ्स
सन्दीप लामिछाने
अनुभवी लेगस्पिनर सन्दीपको नेतृत्वमा बिराटनगर बलिङमा बलियो देखिन्छ।
चितवन राइनोज
कुशल मल्ल
युवा अलराउन्डर कुशलको कप्तानीमा चितवन आक्रामक क्रिकेट खेल्ने अपेक्षा छ।
जनकपुर बोल्ट्स
हरमित सिंह
नयाँ नेतृत्वमा रहेको जनकपुरले आफ्नो पहिलो NPL उपाधिको विरासतलाई निरन्तरता दिन खोज्नेछ।
कर्णाली याक्स
सोमपाल कामी
अनुभवी अलराउन्डर सोमपालको नेतृत्व कर्णालीका लागि महत्वपूर्ण हुनेछ।
काठमाडौं गोर्खाज
करण केसी
करणको अनुभव र अन्तर्राष्ट्रिय खेलाडीहरूको उपस्थितिले काठमाडौंलाई प्रतिस्पर्धी बनाएको छ।
लुम्बिनी लायन्स
रोहित पौडेल
गत संस्करणको च्याम्पियन लुम्बिनी यसपटक पनि प्रमुख दाबेदारका रूपमा मैदानमा छ।
पोखरा एभेन्जर्स
कुशल भुर्तेल
आक्रामक ब्याटिङका लागि चिनिने कुशलको नेतृत्वमा पोखराले बलियो पुनरागमन खोज्नेछ।
सुदूरपश्चिम रोयल्स
दीपेन्द्रसिंह ऐरी
अघिल्लो सिजनको उपविजेता सुदूरपश्चिम यसपटक उपाधि जित्ने लक्ष्यमा छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
