Rastrapukar

बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

शप्तकोशीमा डुङ्गा दुर्घटना : यी हुन मृतक , बेपत्ता र उद्धार गरिएकाहरु


  • आइतबार, कार्तिक ९ २०८३

  • शप्तकोशीमा डुङ्गा दुर्घटना : यी हुन मृतक , बेपत्ता र उद्धार गरिएकाहरु

    सप्तकोशी नदीमा पानीबोट दुर्घटना, तीन जनाको मृत्यु
    धनकुटा, साँगुरीगढी गाउँपालिका–१०, त्रिवेणीस्थित सप्तकोशी नदीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
    कात्तिक ८ गते करिब १४:०० बजे भोजपुरको हतुवागढी गाउँपालिका–९, कोप्चेबाट बराहक्षेत्र–चतरा, सुनसरीतर्फ जाँदै गरेको OBM कम्पनीको पानीबोट ब्रेक फेल भई सप्तकोशी नदीमा दुर्घटना भएको हो। पानीबोटमा चालकसहित १५ जना सवार थिए।
    घटनालगत्तै इलाका प्रहरी कार्यालय, महेन्द्रनगर चक्रघट्टी,सुनसरीबाट प्रहरी टोली खटिई चालकसहित १२ जनाको उद्धार गरी चतरा अस्पताल पठाइएकोमा उपचारका क्रममा तीन जनाको मृत्यु भएको छ।
    मृतक
    १. जिल्ला सुन्सरी, बराहक्षेत्र नगरपालिका-१ बस्ने अं. ५२ वर्षीया लिला राई । (चतरा अस्पतालमा उपचारका क्रममा मृत्यु)
    २. नाम, थर, वतन नखुलेकी बालिका, अन्दाजी ६/७ वर्ष की । (चतरा अस्पतालमा उपचारका क्रममा मृत्यु)
    ३. नाम, थर, वतन नखुलेका पुरुष, अन्दाजी ४०/५० वर्षको । (चतरा अस्पतालमा उपचारका क्रममा मृत्यु)

    उद्धार भएका तथा सकुशल रहेका
    १. पानीबोट चालक जिल्ला सुन्सरी, बराहक्षेत्र नगरपालिका-१ बस्ने अं. २४ वर्षीय सुमन मगर ।
    २. जिल्ला भोजपुर हतुवागढी गाउँपालिका-४ बस्ने अं. ४५ वर्षीय बिष्णु सुनार ।
    ३. जिल्ला भोजपुर हतुवागढी गाउँपालिका-४ बस्ने अं. ४२ वर्षीय तिर्था रसाईली सुनार ।
    ४. जिल्ला भोजपुर हतुवागढी गाउँपालिका-४ बस्ने अं. २५ वर्षीया पूजा तिरुवा ।
    ५. जिल्ला भोजपुर हतुवागढी गाउँपालिका-४ बस्ने अं. २२ वर्षीय प्रज्वल तिरुवा ।
    ६. जिल्ला भोजपुर हतुवागढी गाउँपालिका-४ बस्ने अं. २६ वर्षीय देबेन्द्र राई ।
    ७. जिल्ला भोजपुर हतुवागढी गाउँपालिका-४ बस्ने अं. २३ वर्षीय रञ्जित राई ।
    ८. जिल्ला झापा, कन्काई नगरपालिका-४ बस्ने अं. २९ वर्षीया निता मगर ।
    ९. जिल्ला भोजपुर हतुवागढी गाउँपालिका-४ बस्ने अं. ३१ वर्षीय मोहन सुनार ।
    बेपत्ता
    १. जिल्ला झापा, कन्काई नगरपालिका-४ बस्ने अं. ७ वर्षीय शिवक मगर। (निता मगरका छोरा)
    २. जिल्ला सुन्सरी, बराहक्षेत्र नगरपालिका-१ बस्ने अं. २१वर्षीया प्रमिला मगर ।
    ३. जिल्ला सुन्सरी, बराहक्षेत्र नगरपालिका-१ बस्ने अं. २२ वर्षीया मनु राई ।
    बेपत्ता तीन जनाको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको छ।
    घटनास्थलमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी उपरीक्षक नारायण रञ्जितकारको कमाण्डमा १४ जना तथा सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेडक्वार्टर धनकुटाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक राजेश फुयालको कमाण्डमा १६ जना टोली परिचालन गरिएको छ। बेपत्ताको खोजीका लागि नदी क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij