काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबार काठमाडौंको खुलामञ्चमा सुरु भएको छ। ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित महाधिवेशन सुरु भएको हो।
महाधिवेशनको उद्घाटन सभापति गगनकुमार थापाले गरेका छन्। थापाले कांग्रेसका पूर्वसभापतिहरूको तस्बिरमा माल्यार्पण, दीप प्रज्वलन तथा बिरुवामा पानी हालेर महाधिवेशन उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि खुलामञ्च पुगेका छन्। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा एमालेका महासचिव शंकर पोखरेल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, रेशमलाल चौधरीलगायतका नेताहरू खुलामञ्च पुगेका छन्।
उद्घाटन समारोहमा कांग्रेसका नेताहरूले सम्बोधन सुरु गरेका छन्। कांग्रेसको १५औँ महाधिवेशन असोज २२ गतेसम्म चल्नेछ।



""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
