Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जव पैसाले भरिएको सेफ त्रिशुलीको बगरमा भेटियो . . .


  • शनिबार, भाद्र १३ २०८३

  • जव पैसाले भरिएको सेफ त्रिशुलीको बगरमा भेटियो . . .

    बाढीले बगाएर ल्याएको सेफ तोडेर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ
    धादिङ — रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको नगद राखिएको सेफ फेला पारी तोडफोड गरेर पैसा चोरी गरेको आरोपमा प्रहरीले २९ जनालाई नियन्त्रणमा लिएको छ।
    जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गल्छी गाउँपालिका–४ बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा स्थानीयले बाढीले बगाएर ल्याएको सेफ तोडफोड गरी त्यसमा रहेको नगद चोरी गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो।
    प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा २९ जनालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनीहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ नगद बरामद गरेको जनाएको छ।
    प्रहरीका अनुसार उक्त सेफ रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सेफभित्र रहेको नगदको स्रोत तथा घटनामा संलग्न अन्य व्यक्तिहरूबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
    प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरूमध्ये गल्छी गाउँपालिका–४ का २७ वर्षीय पवन पौडेल, ४१ वर्षीय वीरबहादुर राना मगर, ३५ वर्षीय विनोद गिरी, ३३ वर्षीय नवराज भेटुवाल, ४० वर्षीय पूर्णलाल श्रेष्ठ, ३१ वर्षीय विष्णुमणि अधिकारी, ३६ वर्षीय कृष्ण मगर, ४१ वर्षीय शिवबहादुर राना मगर, ४६ वर्षीय युवराज अधिकारीलगायत रहेका छन्।
    यस्तै, आदमघाटका ४७ वर्षीय शासुन्त श्रेष्ठ, ४६ वर्षीय सुजिमबहादुर राना मगर, २४ वर्षीय साविन श्रेष्ठ, ४३ वर्षीय प्रेमबहादुर राना मगर र १९ वर्षीय अनिल भेटुवाल पनि नियन्त्रणमा लिइएको विज्ञप्तिमा उल्लेख छ।
    घटनामा संलग्न हुन सक्ने अन्य व्यक्तिहरूको खोजी तथा बरामद नगद र घटनाको वास्तविक स्रोतबारे प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij