काठमाडौ – सरकारलेले देशैभरका सरकारी निकायहरूमा निवेदनको ढाँचामा एकरूपता ल्याउन ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गरी कार्यान्वयनको निर्देशन दिएको छ।
यस मार्गदर्शनले नागरिकहरूले कार्यालयपिच्छे फरक-फरक तरिकाले निवेदन लेख्नुपर्ने झन्झट र अन्योल हटाएर देशैभर एउटै निश्चित ढाँचा कायम गर्नेछ।
यसले सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज र नागरिकमैत्री बनाउँदै परम्परागत कागजी प्रक्रियालाई क्रमशः डिजिटल माध्यम, अनलाइन वा मोबाइल एपमा रूपान्तरण गर्दै ‘डिजिटल नेपाल’ को परिकल्पनालाई थप बल पुर्याउने विश्वास सरकारले गरेको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
