काठमाडौं – राष्ट्रिय स्वतनत्र पार्टीका नेता मनिष झाले सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत भन्ने कडा आलोचना गरेका छन । उनले भने – ‘यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ।’
राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो। राज्यले आफैं थप आतङ्कित बनाउने हैन – झाले भनेका छन । उनले सरकारलाई प्रश्न गरे – यस्तो बचपना देखाएर राजकाज चल्छ ? उक्त कार्यलाई के यस्तै स्तरहीन र गलत प्रयोग भन्दै उनले यसैका लागी जेनजी सहादत भएको हो भनी प्रश्न गरेका छन । उनले यस किसिमको काम प्रति घोर आपत्ति जनाएका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
