Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बसुन्धरामा भिषण आगलागी,८ करोडको क्षति


  • बुधबार, जेष्ठ २७ २०८३

  • बसुन्धरामा भिषण आगलागी,८ करोडको क्षति

    काठमाडौं : टोखा नगरपालिका-०५ बसुन्धारास्थित सिद्धबाबा युनिफर्म इन्टरप्राइजेज (गार्मेन्ट) मा विद्युत सर्ट भई आगलागी हुँदा करिब ८ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
    बुधबार बिहान अन्दाजी ०२:५२ बजे लागेको आगो ११ वटा दमकल, एक पानी ट्याङ्कर, नेपाल प्रहरी, नगर प्रहरी, स्थानीयवासी तथा अन्य निकायको सहयोगमा करिब ५:४५ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको हो ।
    आगलागीबाट गार्मेन्ट पूर्ण रूपमा नष्ट भएको छ भने अन्नपूर्ण किराना स्टोर र प्रतिक्षा इलेक्ट्रोनिक्समा समेत क्षति पुगेको छ । साथै लुम्बिनी खाजा घर, क्यापिटल इन्टरनेशनल मेनपावर तथा आसपासका दुई घरमा आंशिक क्षति भएको छ ।
    घटनामा कुनै मानवीय क्षति भएको छैन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij