Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पार्टी फुटाउने वा जुटाउने सम्पूर्ण हात गगन थापाको : पूर्ण बहादुर खड्का 


  • शनिबार, जेष्ठ २ २०८३

  • पार्टी फुटाउने वा जुटाउने सम्पूर्ण हात गगन थापाको : पूर्ण बहादुर खड्का 

    नेपाली कांग्रेसका पूर्व कार्यवहाक सभापति पूर्णबहादुर खड्काले गगनकुमार थापा सिंगो कांग्रेसको सभापति बन्न नसकेको बताएका छन् । उनले आफूसँग भेट गर्न आएका बेला सिंगो पार्टीको सभापति बन्न आग्रह गरेको उल्लेख गर्दै अहिले पनि पार्टी सभापति थापा सानेपाको मात्रै सभापति रहेको बताए ।

    नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिको आयोजनामा ‘नेपाली कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीमा बोल्दै पूर्व कार्यबहाक सभापति खड्काले पार्टी विभाजनको डिलमा रहेको बताए । उनले तत्कालीन समयमा गिरिजाप्रसाद कोइरालाका कारणले पार्टी फुटेको र उनकै कारणले पार्टी एकीकरण भएको बताउँदै अहिले पनि पार्टी फुटाउने वा जुटाउने सम्पूर्ण हात सभापति थापासँग रहेको बताए ।

    ‘पार्टी विभाजनको डिलमा छ, म त्यो बाटोमा जान हुन्न भन्छु,’ सभापति र उपसभापतिसँगको केही दिनअघि भएको भेटमा खड्काले भने, ‘तर, पार्टी मिलाउने कि फुटाउने तपाईहरुको जिम्मामा छ भनेको छु ।’ उनले अदालतले जिताएपछि आफूहरुले पनि सभापति मानेको बताउँदै सिंगो कांग्रेसको सभापति बन्न सुझाव दिए ।

    पूर्व कार्यवहाक सभापति खड्काले विशेष महाधिवेशनका कारणले कांग्रेस प्रििनधिसभाको निर्वाचनमा खुम्चिएको बताए । ‘विशेष महाधिवेशनको कारणले कांग्रेस ३८ सिटमा खुम्चियो, रास्वपा दुई तिहाई नजिक पुग्यो, उनले भने, ‘त्यो नभएको भए देशको परिस्थिति अर्कै हुन्थ्यो ।’

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij