आर के त्रिपाठी
आज जनआस्था साप्ताहिकले नेपाल सरकारको सिफारिशमा राष्ट्रपतीले केहि समय अघि नियुक्ति गरेका र प्रधान न्यायधीसले सपथ गराएका नेपाल सरकारका महान्यायधीक्ता नारायण दत्त कडेलको बेलायतको PR रहेको खुलाशा गर्दै पिआर कपि नै पत्रिकामा छापेको देखियो। महान्यायधीबक्ता नारायण दत्त कडेल यहाँ बेलायतमा मेरो छिमेकी हुनुहन्थ्यो। करिब १७ बर्ष बेलायतमै हुनुहुन्छ र उहाँको परिवार पनि यहाँ बेलायतमै छ।
वहाँ नेपालमा अधिवक्ता थिएँ भन्नु हुन्थ्यो तर बेलायतमा लामो समय सानो रेष्टुरेण्ट चलाएर वस्नु भएको थियो । वहाँ कांग्रेस हुनुहुन्थ्यो तर सन २०२१ सालमा रवि लामिछाने बेलायत आउँदा अब कांग्रेस काम छैन भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नु भयो र रबि लामिछानेको हातबाट सदस्यता लिनु भयो।
अहिले रबि लामिछानेको सिफारिशमा नेपाल सरकारको महान्यायधीबक्ता बन्नु भयो । यो नियुक्तिमा पिआर लागेन। यता जब कांग्रेस कार्यकर्ताले जब पार्टीमा केहि पद माग्छन् ,तब पिआरलाई मिल्दैन भन्दै अड्कन थापिन्छ/नेपालको कानुन कस्तो हो?कांग्रेस लाई मात्रै लाग्ने तर अन्य पार्टीको कार्यकर्तालाई नलाग्ने ?
मैले यो बेलायतको पिआर हुँदा हुँदै अनुभबै नपुगेका महान्यायधीबक्ता पदको नियुक्तिको विरोध गरेको होइन तर कांग्रेस विदेशमा रहेका पिआर लिएका आफ्ना कार्यकर्ता प्रति किन अनुदार छ?यस्तै अनुदार रहे प्रदेश र स्थानिय चुनाबमा कांग्रेस अझै खस्कन्छ।नेता गणहरुमा चेतना भया।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
