काठमाडौ – सरकारले सामाखुसी, टोखा, गुर्जे हुँदै नुवाकोटको विदुर पुग्ने सडकलाई राष्ट्रिय राजमार्गमा राखी सोही अनुसारको मापदण्ड कायम गर्ने सूचना स्थानीय तहलाई दिए पछि उक्त सडक मापदण्डमा पर्ने जनताहरू उक्त निर्णय विरुद्ध संघर्षमा उत्रिने भएका छ्न । घना वस्तीको विचवाट राजमार्ग बनाउँदा हजारौ घर भत्काउनु पर्ने र मानिसहरू घरवार विहिन हुने अवस्था आउँने भन्दै उनीहरुले संघर्ष गर्न लागेका हुन ।
उनीहरुले आगामी बैसाख १९ भेला राखेर संघर्ष समिति बनाउने तयारी गरेका छन । उनीहरुले आफ्नो क्षेत्रका सांसद मार्फत दवाव सृजना गर्ने तयारी समेत गरेका छन ।
सडक डिभिजन कार्यालय मिन भनवनले स्थानिय तहलाई पत्राचार गर्दै उक्त सडकको मध्य भागवाट दुई तर्फ २५ – २५ मिटर सडक मापदण्डमा पर्ने जानकारी गराएको छ । उक्त कार्यालयले २०८२ चैत्र ११ गते पठाएको पत्रमा उक्त सडक मापदण्डमा पर्ने उल्लेख गरेको छ । पत्र अनुसार अब सडकको मध्य भागवाट करिव ८१ फिटि एकतर्फी सडक मापदण्डमा पर्ने छ । सडकको कूल चौडाई करिव १ सय ६२ फिट हुन आउँछ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
