काठमाडौं – नेपाली कांग्रेसको अधिकारिकता सम्बन्धी मुद्धाको सुनवाई हेर्दा हेर्दैमा राखिएको छ । न्यायाधिशहरु सारंगा सुवादी र नृपध्वज निरौलाको इजलाशले हेर्दा हेर्दैमा राखेको हो । आज रिट निवेदक शेरबहादुर देउवाको तर्फबाट कानुन व्यवसायी र सरकारी वकिलको तर्फबाट बहस भएको छ भने शुक्रबार सभापति थापा समेतको तर्फबाट कानुन व्यवसायीले बहस गर्ने गरी समय विभाजन इजलासले गरेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
