Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

होटल फरेष्ट इनको आईपीओ सर्वसाधारणमा बाँडफाँड


  • सोमबार, फाल्गुन ४ २०८२

  • होटल फरेष्ट इनको आईपीओ सर्वसाधारणमा बाँडफाँड

    शक्ति गिरी

    काठमाडौं – होटल फरेष्ट इन लिमिटेडले माघ २२ देखि माघ २६ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ आज बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले आईपीओ बाँडफाँड गरेको हो।

    कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३३ लाख २० हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो। बिक्री अवधिभर २३ लाख ७१ हजार ३१५ जना आवेदकले २ करोड ५७ लाख ४५ हजार ७०० कित्ताका लागि रीतपूर्वक आवेदन दिएका थिए।

    मागभन्दा बढी मात्रामा आवेदन परेकाले गोला प्रथाबाट आईपीओ बाँडफाँड गरिएको हो। बाँडफाँडमा ३ लाख ३२ हजार आवेदकले १०/१० कित्ताका दरले आईपीओ हात पारेका छन् भने बाँकी सबै आवेदकको हात रित्तिएको छ।

    सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/

    बिक्री प्रबन्धकको वेबसाइट:https://www.nicasiacapital.com/ipo-result

    मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij