Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्सेमा लगातार गिरावट, ८ अर्ब ६९ करोडको कारोबार


  • बुधबार, माघ २८ २०८२

  • नेप्सेमा लगातार गिरावट,  ८ अर्ब ६९ करोडको कारोबार

    शक्ति गिरी

    काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.०४ प्रतिशतले घटेर २६६२.०९ बिन्दुमा कायम भएको छ । आज ३२९ कम्पनीको २ करोड २२ लाख ८२ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६९ करोड २२ लाख रुपैयाँको कारोबार भएको हो ।

    आज ८ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन फाइनान्सको ०.२५ प्रतिशत, विकास बैंक समूहको ०.६३ प्रतिशत, जीवन बीमा समूहको ०.२३ प्रतिशतले शेयर मूल्य घटेको छ ।

    यसदिन ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने १३३ कम्पनीको घटेको छ । १३ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।

    आज सबैभन्दा धेरै रिडी पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६५ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युत कम्पनीको ६२ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिंगटी हाइड्रोको ५८ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij