Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पोखरेलको गगन लक्षित टिप्पणी : हृदय जलिरहेको घडीमा उत्सव कसरी मनाउन सकिन्छ र?


  • सोमबार, पुष २८ २०८२

  • पोखरेलको गगन लक्षित टिप्पणी : हृदय जलिरहेको घडीमा उत्सव कसरी मनाउन सकिन्छ र?

    काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेस महामन्त्री गगन थापा लक्षित टिप्पणी गरेका छन । विशेष महाधिवेशनमा थापाले एमाले अध्यक्ष केपी ओली लक्षित टिप्पणी गरे पछि पोखरेलले जवाफ फर्काएका हुन ।

    पोखरेल भन्छन् :

    यसरी पनि सोच्न सकिन्छ—

    भूराजनीतिक स्वार्थका सामु लम्सार पर्नु दासता हो; त्यसका विरुद्ध आवाज उठाउनु स्वाभिमान हो।

    विध्वंस, अराजकता र आतंकका सामु झुक्नु कायरता हो; त्यसका विरुद्ध उभिएर जनताको मनोबल उठाउनु साहस हो।

    संविधान, लोकतन्त्र र राष्ट्रको भविष्य नै संकटमा परेको बेला, जन–जनको हृदय जलिरहेको घडीमा उत्सव कसरी मनाउन सकिन्छ र?

    हो, देश जलिरहेका बेला उत्सव मनाउन नसक्नेहरू कसैका लागि ‘दास’ जस्ता लाग्न सक्छन्। तर ती तथाकथित दासहरू नै आजको समयका स्पार्टाकस पनि हुन सक्छन्।

    ती स्पार्टाकस—जसले स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानको झण्डा बोकेर आधुनिक विश्वव्यवस्थाको नयाँ आधारशिला निर्माण गर्नेछन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij