Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस भित्रि चर्कियो महाधिवेशन विवाद


  • बिहिबार, पुष १७ २०८२

  • कांग्रेस भित्रि चर्कियो महाधिवेशन विवाद

    काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माले कांग्रेसको घोषित नियमित महाधिवेशन स्थगित गरी विशेष महाधिवेशनको आव्हान गरेका छन । उनीहरूले वेन्द्रीय कार्यालयको तर्फवाट नियमित महाधिवेशन स्थगित गरेर विशेष महाधिवेशन आव्हान गरेको दावी गरेका छन । ‘पार्टी विधानको दफा १७ (२) बमोजिम विशेष महाधिवेशनसम्बन्धी मागलाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी हो। उक्त जिम्मेवारी अन्तर्गतका कार्यहरू सम्भव भएसम्म सर्वसम्मतिले अगाडि बढाइनेछ।’ विज्ञप्तीमा भनिएको छ ।

    यता संस्थापना पक्ष का नेता एवं प्रवक्ता डा.प्रकाशशरण महतले नियमित महाधिवेशनको प्रक्रिया सुरु भइसकेको हुँदा विशेष महाधिवेशनको औचित्य समाप्त भएको प्रतिक्रिया दिएका छन । कांग्रेस भित्र विकसित भएको घटनाक्रमले पार्टी विभाजन तर्फ जाने हो कि भन्ने चिन्ता कार्यकर्ताहरूले व्यक्त गर्न थालेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij