Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनचाँदीको कतिमा हुँदैछ कारोबार ?


  • सोमबार, पुष १४ २०८२

  • सुनचाँदीको कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं– नेपाली बजारमा पुस १४ गते सुनको मुल्य घटेको छ भने चाँदीको मूल्य बढेर पुनः नयाँ रेकर्ड बनाएको छ । आईतबार ऐतिहासिक उचाईमा कारोबार भएको सुन आज प्रतितोला ६०० रुपैयाँले घटेको छ। चाँदीको मूल्यले भने यस दिन तोलामा ६० रुपैयाँ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार सुनको मूल्य प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस दिन चाँदीको मूल्य तोलामा ६० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ । आजको बजारमा चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको सो मूल्य नै हालसम्मको उच्च हो । आईतबार चाँदी प्रतितोला ४ हजार ८३५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij