Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनचाँदीको मूल्य हालसम्मकै उच्च


  • सोमबार, पुष ७ २०८२

  • सुनचाँदीको मूल्य हालसम्मकै उच्च

    काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मुल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा ३ हजार ४ सय रुपैयाँले बढेको छ । यससँगै आज सुनको मुल्य तोलामा २ लाख ६१ हजार ७ सय रुपैयाँ कायम भएको हो। आइतबार प्रतितोला छापावाला सुनको मुल्य तोलामा २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मुल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । आज चाँदी तोलामा १३० रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ४२ सय ३५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदी तोलामा ४१ हजार ५ रुपैयाँमा कारोबार भएको थियो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij