काठमाडौ – नेपाल प्रहरीको केन्द्रीय अनुशन्धान ब्यूरोले नेपाल ट्रष्टका पूर्वसचिव अर्जुन कार्कीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कार्कीलाई आइतबार (कात्तिक ३०) साँझ पक्राउ गरेको हो । ठगी, आपराधिक विश्वासघातसम्बन्धी कसुरमा उनी पक्राउ परेका हुन् ।
काठमाडौँ महानगरपालिका १ दरबारमार्गस्थित रहेको जग्गा नेपाल ट्रष्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रालिको बीचमा लिजमा दिने र लिने करार सम्झौता बदनीयत देखिएको भन्दै सीआईबीले अनुसन्धान गरिरहेको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
